Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बेलायतलाई ईयुबाट बाहिरिने÷नबाहिरिने निर्णय गर्न ६ महिनाको समय

बेलायतलाई ईयुबाट बाहिरिने÷नबाहिरिने निर्णय गर्न ६ महिनाको समय

काठमाडौं, २८ चैत । बेलायत र युरोपेली संघ (इयु ) बीच बेलायत इयुबाट बाहिरिने प्रक्रिया (ब्रेक्जिट) को म्याद आउँदो अक्टोबर ३१ सम्म थप गर्न सहमत भएका छन् । ब्रसेल्समा बुधबार बसेको इयूको आकस्मिक बैठकमा आगामी अक्टोबर ३१ सम्म (६ महिना)का लागि बेलायतलाई इयूबाट बाहिरिन÷नबाहिरिने निर्णय गर्न समय दिने विषयमा दुबै पक्ष सहमत भएको बताएको छ।

आकस्मिक रुपमा बोलाइएको सो बैठक करिब ५ घण्टासम्म चलेको थियो।

बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिटका लागि समय थप्न आग्रह गरेको यो दोस्रो पटक हो । ३ पटकसम्म पनि प्रधानमन्त्री मेले बेलायत युरोपेली संघबाट बाहिरिने प्रस्तावमा सांसदहरुको बहुमत जुटाउन नसकेपछि बेलायतको बहिर्गमन अन्योलमा परेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x