कामना सेवा र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, २८ चैत । कामना सेवा विकास बैंक र शिखर इन्स्योरेन्सबीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अव बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८१ वटै शाखाहरुबाट सहज रुपमा शिखर इन्स्योरेन्सको निर्जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्ने छन् । यसले बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभांविन्त हुने बैंकको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *