Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

भारतमा लोकसभा निर्वाचन शुरु

भारतमा लोकसभा निर्वाचन शुरु

काठमाडौं,२८ चैत । भारतमा आजबाट लोकसभाको पहिलो चरणको मतदान शुरु भएको छ। १८ राज्य र केन्द्र शासित २ प्रदेशका ९१ सिटका लागि मतदाताले आफ्ना प्रतिनिधि छान्दै छन्। मतदान बिहान ७ बजे भएको हो । प्रमुख निर्वाचन आयुक्तले सबै मतदातालाई अत्यधिक रूपमा मतदान गर्न आह्वान गरेका छन्। केन्द्रमा सरकार बनाउन ७ चरणमा निर्वाचन हुँदै छ।

पहिले चरणमा आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, मेघालय, उत्तराखण्ड, मिजोरम, नागाल्याण्ड, सिक्किम, लक्षद्वीप, अण्डमान निकोबार द्वीप समूह र तेलंगानाका सबै लोकसभा सिटका लागि मतदान गरिने व्यवस्था मिलाइएको छ। साथै असम, बिहार, छत्तीसगढ, जम्मुकश्मीर, महाराष्ट्र, मणिपुर, उडिशा, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालमा लोकसभाका केही सिटका लागि मतदान हुँदै छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x