Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

२०७५–बीमा क्षेत्रका लागि उत्साहन थपिएको वर्ष

२०७५–बीमा क्षेत्रका लागि उत्साहन थपिएको वर्ष

काठमाडौं, १ बैशाख । बीमा क्षेत्रको लागि बर्ष २०७५ साल केही सकारात्मक देखियो । ७ प्रतिशत मात्र जनतामा बीमाको पहुँच पुगेकोमा १ बर्षमा १० प्रतिशतले दायरा बिस्तार भई १७ प्रतिशत जनतालाई बीमाले समेटेको छ।

बीमा बजारमा ३९ वटा बीमा कम्पनीहरुले सेवा दिदै आएकोमा यही बर्षमा महालक्ष्मी लाईफ इन्स्योरेन्स संचालनमा आई कम्पनीहरुको संख्या ४० पुगेको छ । मुलुकभर २ हजार भन्दा बढी बीमा कम्पनीहरुको शाखा विस्तार भएको छ । जसमा १३ हजार भन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

यो वर्ष बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजीको दायरा बढाउनुका साथै बीमा कम्पनीहरुको विकास, सुधार र प्रर्वद्धनका लागि विभिन्न निति नियमहरु परिमार्जन, संशोधन तथा नयाँ निर्देशिकाहरु जारी पनि गरेको छ । जसमा लघुबीमा सम्बन्धी निर्देशिका, २०७१ परिमार्जन गरि जारी गर्नुका साथै बैदेशीक रोजगारी म्यादी जीवन बीमा लेख जारी तथा बीमा पुलको व्यवस्था गरिएको छ । त्यस्तै बीमांकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिका २०७५ लागु गरिएको छ भने सम्पत्ति बीमा निर्देशिका पनि परिमार्जन गरिएको छ। बीमा कम्पनीहरुको लगानीको दायरा फराकिलो बनाउन पुरानो लगानी निर्देशिका परिमार्जन गरि बीमांकको लगानी निर्देशिका २०७५ जारी गरेको थियो ।

यस्तै समितिले तालिम इन्स्टिच्यूटको स्थापना, बीमक संस्थागत सुशासन निर्देशिका २०७५ शंसोधन, बीमा कम्पनीहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ जारी, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकहरुका लागि विदेश भ्रमणमा कडाई जस्ता थुप्रै नयाँ व्यवस्थाहरु यो वर्ष गरेको छ । समितिले गत बर्षमा नै नयाँ बीमालेख स्वीकृति गरेको छ भने बीमा ऐन पनि परिमार्जन गरेको छ। साथै चिया खेती बीमा योजना जारी, ६ लाख सञ्चयकर्ताको एकै पटक बीमा, मोटर बीमामा कडाई, फिल्म प्रोजेक्ट बीमा पोलिसी जारी र बाख्रा बीमालेख सार्वजनिक गरेको छ । त्यसले पनि यो वर्ष बीमाको सुशासन र पहुँच विस्तारमा थप मदत पुगेको देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x