Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

राष्ट्रपतिको चीन भ्रमण : दुई देशबीच व्यापार तथा पारवहन प्रोटोकलमा हस्ताक्षर हुने

राष्ट्रपतिको चीन भ्रमण : दुई देशबीच व्यापार तथा पारवहन प्रोटोकलमा हस्ताक्षर हुने

काठमाडौं, ८ बैशाख । बैशाख ११ गते देखि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार तथा पारवहन प्रोटोकलमा हस्ताक्षर हुने भएको छ । तीन वर्ष अघि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पारवहन सम्झौता भएको थियो । तर कार्यान्वयनका लागि प्रोटोकलमा भने हस्ताक्षर भएको थिएन ।

भारतले नाकाबन्दी लगाएपछि सो सम्झौतालाई निकै उपलब्धिको रुपमा लिइएको थियो । त्यसयता विभिन्न चरणमा भएका छलफलबाट गत भदौमा दुई देशले प्रोटोकल निर्माण टुंग्याइएको थियो । प्रोटोकलमा नेपालले चीनका सबै सामुद्रिक र सुक्खा बन्दरगाह प्रयोग गर्नसक्ने उल्लेख छ । नेपालले हाललाई चार सामुद्रिक र तीन सुक्खा बन्दरगाह प्रयोग गर्नसक्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x