चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिटिजन्स बैंकको नाफामा बृद्धि
काठमाडौं, ८ बैशाख । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब ९८ लाख रुपयाँ थियो । चालु आर्थिक वर्षको नाफा रकम ५.५० प्रतिशतले बढेको हो । बैंकको वितरण योग्य नाफा भने ६६ करोड ५ लाख रुपैयाँ छ ।
सिटिजन्सको खुद ब्याज आम्दानी २ अर्ब ८ करोड ७२ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १ अर्ब ४९ करोड १४ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै बैंकको निक्षेप ६५ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ६१ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ ।