Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

पशु क्वारेन्टाइन त्रिनगर चेकपोस्ट कैलालीमा तालाबन्दी

पशु क्वारेन्टाइन त्रिनगर चेकपोस्ट कैलालीमा तालाबन्दी

धनगढी, ८ बैशाख । उच्च अदालतको निर्देशन कार्यान्वयन नभएको भन्दै व्यापारीहरू आन्दोलित भएका छन् । हिजो दिनभर छलफल चलेपनि क्वारेन्टाइन कार्यालयले अदालतको आदेश कार्यान्वयनमा आनाकानी गरेपछि दाना उद्योगीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले त्रिनगर नाकामा रहेको क्वारेन्टाइनको चेकपोस्टमा तालाबन्दी गरेका छन् । उच्च अदालतको आदेश कार्यान्यन नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

पशु क्वारेन्टाइनले चैत २० गतेदेखि दाना उद्योगीहरूका कच्चा पदार्थ बोकेका गाडीहरू आयातमा रोक लगाएपछि व्यापारीहरू न्यायका लागि उच्च अदालत दिपायल पुगेका थिए । अदालतले पनि व्यापारीका पक्षमा आदेश जारी ग¥यो । अदालतको आदेश पछि पनि क्वारेन्टाइनले कच्चा पदार्थ नछोडेपछि व्यापारीहरू आक्रोशित भएका थिए ।

विगत १७ दिनदेखी कैलाली भन्सार कार्यालयमा १४ वटा कच्चा पदार्थ लोड गरिएका गाडीहरू थन्किएका छन् । ती गाडीमा रहेका सामग्रीहरु बिग्रने अवस्थामा रहेका छन् । क्वारेन्टाइनका कर्मचारी भने स्वस्थताको प्रमाणपत्र नभएसम्म आयात हुन नदिने अडानमा छन् । कच्चा पदार्थ नहुँदा किसानहरूलाई समस्या भएको व्यापारीहरू बताउँछन् । अदालतको आदेश समेत नमानेपछि त्रिनगर नाकामा रहेको क्वारेन्टाइनको चेकपोस्टमा तालाबन्दी गरिएको हो ।
नेपालको क्वारेन्टाइनले भारतीय क्वारेन्टाइनको स्वस्थताको प्रमाणपत्र भए मात्रै गाडी छोड्ने अडान लिएपछि व्यवसायीहरुले उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले तत्काल गाडी छोड्न अन्तरिम आदेश दिईसकेको छ । तर आदेश दिएको ४ दिनसम्म पनि कार्यान्वयन नभए पछि व्यापारीहरू आन्दोलित भएका हुन् ।१७ दिनसम्म लाखौँको नोक्सानी बेहोरेका व्यापारीहरू अदालतको आदेशपछि पनि क्वारेन्टाइनका कर्मचारीले अटेरी गरिरहेको बताउँछन् ।

कैलाली उद्योग वाणिज्य सङ्घले अदालतको आदेश कार्यान्वयन हुनुपर्ने भन्दै आन्दोलनको घोषणा गरेको हो । आन्दोलनको पहिलो चरण अन्तर्गत शनिवार क्वारेन्टाइनको चेकपोस्टमा तालाबन्दी गरिएको हो । अन्य आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बताए । ४ दिनसम्म पनि उच्च अदालतको आदेश नमानेपछि अपहेलना मुद्दा र १७ दिनसम्म गाडी थन्किदा भएको क्षतिसहित क्वारेन्टाइन विरुद्ध मुद्दा हाल्ने निर्णय भएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

कच्चा पदार्थ आयातमा रोक लगाइँदा कैलालीमा सञ्चालित दाना उद्योगहरु सङ्कटमा परेका छन् । कुखुरा पालक किसानहरु दाना नपाउँदा समस्यामा छन् । पोल्ट्री व्यवसायमा गरिएको ५ अर्ब बढी लगानी डुब्ने खतरा बढेको छ । सरकारले लगानी भित्र्याउन अथक प्रयास गरिरहँदा यहाँ स्वदेशी लगानीमा सञ्चालन भइरहेका ठुला उद्योगहरु भने संकटमा परेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x