झापाको बिर्तामोडमा अजोड इन्स्योरेन्सको शाखा
काठमाडौं, ८ बैशाख । अजोड इन्स्योरेन्स लिमिटेडले झापाको बिर्तामोडमा नयाँ शाखा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन प्रदेश सांसद प्रसाद मैनाली र अजोडका सञ्चालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद विष्टले संयुक्त रुपमा गरे ।
काठमाडौंको सुन्धारामा केन्द्रीय कार्यालय रहेको अजोडले यसअघि लहान, जनकपुर, विराटनगर र इटहरीमा नयाँ शाखा विस्तार गरेको जनाएको छ । कम्पनीकोे हाल १ अर्व कुल पुँजी रहेको र चुक्तापुँजी ७० करोड रुपैयाँ रहेको छ ।