इटहरीमा जारी जीवन बीमा अभिकर्ताको तालिम भोलीसम्म
काठमाडौं, ९ वैशाख । जीवन बीमा अभिकर्ताको आधारभूत तालिम इटरीमा वैशाख ८ गतेबाट प्रारम्भ भएको छ । वैशाख १० गतेसम्म चल्ने आधारभूत तालिम आईतबारबाट सुरु भएको हो । सुनसरीको इटहरीमा सञ्चालन भएको तालिममा ५० जनाले सहभागीता जनाएका छन् ।
प्रशिक्षणमा ४ वटा मुलभूत विषयहरु समावेश गरिएको छ । जसमा जीवन बीमाको महत्व प्रकार सिद्धान्त र बीमाको ईतिहास, राष्ट्रिय बीमा संस्थानका बीमालेखहरुको बारेमा जानकारी, बीमा अभिकर्ताको आचारसंहिता फाईदा सेवा सुविधाको बारेमा प्रशिक्षण र बीमा ऐन २०४९ र राष्ट्रिय बीमा संस्थान ऐनको बारेमा जानकारी दिईने छ ।