Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

महानगरको हरित अभियानमा एभरेष्ट बैंकको साथ

महानगरको हरित अभियानमा एभरेष्ट बैंकको साथ

काठमाडौं, ९ वैशाख । ललितपुर महानगरपालिकाको हरित अभियानमा एभरेष्ट बैंक लिमिटेडले सामाजिक उत्तरदायीत्वको अन्तर्गत कुपण्डोलदेखि लगनखेलसम्मको सडकमा वृक्षारोपण गरेको छ । बैंकले पृथ्वी दिवसको अवसरमा ललितपुर महानगरपालिकाको हरित अभियानमा सहकार्य गरि वृक्षरोपण गरेको हो ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा वृक्षरोपण गरेर हरित अभियानको थालनी गरेका हुन् । हरित अभियानमा प्रगतीशिल धारा सुधार समितिको संयोजनमा कुपण्डोलदेखि लगनखेलसम्मको सडकका दुवै किनारमा विभिन्न प्रजातीका विरुवा रोपिएको बैंकले जनाएको छ ।

बैंकले हाल ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय १६ एटीएम मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x