लक्ष्मी बैंकले २ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं, ९ वैशाख । लक्ष्मी बैंक लिमिटेडले २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । २०८६ सालमा परिपक्क हुने गरि ऋणपत्र निष्काशन गर्न लागेको हो । निष्काशनका लागि विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ ।

सो सम्झौतापत्रमा लक्ष्मी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । लक्ष्मी बैंकले १० वर्षका लागि जारी गरेको ऋणपत्रको व्याजदर १० प्रतिशत तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *