Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग निर्माण अन्तिम चरणमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग निर्माण अन्तिम चरणमा

काठमाडौं,१० बैशाख ।  रूपन्देहीको भैरहवामा निर्माणाधीन राष्ट्रिय गौंरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गर्ने कार्य यही महिना भित्र सम्पन्न हुने भएको छ । ४ तहमा निर्माण भइरहेको धावन मार्गको ३ तहमध्ये पहिलो र दोस्रो तह र तेस्रो तह सम्पन्न भएको छ भने अन्तिम चौथो तहकाे कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको आयोजका अधिकारीले बताएका छन् ।

आयोजना प्रमुख प्रमेश अधिकारीका अनुशार धावनमार्ग पूर्णरुपमा तयार भएपश्चात् आपतकालीन अवस्थामा काठमाडौंमा अवतरण हुन नसक्ने अन्तर्राष्ट्रिय उडानका विमानलाई लुम्बिनीमा अवतरण गराउन सकिने मिल्ने छ। आयोजनामा हालसम्म ७० प्रतिशतभन्दा बढी काम सकिएको छ । निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सका १ सय ५० जना कामदार निर्माणमा खटिएका छन् ।

कुल ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँ लगानीमा निर्माणाधीन विमानस्थलमा एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सोही वर्षको पहिलो महिनाभित्रै अन्तर्राष्ट्रिय उडान भर्ने आयोजनाले सवै काम सकाउने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x