Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कामना सेवा बैंकद्वारा ‘खोलौं बैंक खाता अभियान’ सँगै ई–बैंकिङ्ग सेवामा थप निःशुल्क सेवा सार्वजनिक

कामना सेवा बैंकद्वारा ‘खोलौं बैंक खाता अभियान’ सँगै ई–बैंकिङ्ग सेवामा थप निःशुल्क सेवा सार्वजनिक

काठमाडौं, १० वैशाख । कामना सेवा विकास बैंकले ‘खोलौं बैंक खाता अभियान’ र ई–बैकिङ्ग सेवामा निःशूल्क थप सेवाहरु सार्वजनिक गरेको छ । गत १ गते सरकारले प्रारम्भ गरेको खोलौं बैंक खाता अभियानलाई सफल बनाउँन बैंकले वैशाख १ गतेबाट नै लागु हुने गरी यो अभियान प्रारम्भ गरेको हो । यो योजना अन्र्तगत बैंकमा खाता खोल्नेहरुलाई १ सय रुपैयाँ जम्मा गरिने छ ।

त्यस्तै वैशाख ६ गतेदेखि लागु हुने गरी ई–बैंकिङ्ग सेवाका थप नयाँ सेवालाई ‘आई–बैंकिङ्ग रिलोड’ नाम दिई सार्वजनिक गरेको छ । यो योजना अन्र्तगत ग्राहकहरुले आप्mनो बैंक खाताको रकम अन्य बैंक–वित्तीय संस्थाको खातामा स्थानान्तरण गर्न र ई–सेवामा रकम जम्मा गरि भुक्तानीहरु गर्न सक्ने छन् । यी सेवाहरु लिएको पहिलो वर्ष कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।

बैंकले हाल देशका विभिन्न भागहरुमा ८३ वटा शाखा र ३८ वटा एटीएम मार्फत ग्राहकहरुलाई आप्mनो सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x