Date

शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025

८० जनाको जब्बो टोली सहित ध्वजावाहक विमान चार्टर गरेर चीन भ्रमणमा राष्ट्रपति

८० जनाको जब्बो टोली सहित ध्वजावाहक विमान चार्टर गरेर चीन भ्रमणमा राष्ट्रपति

काठमाडौं,११ बैंशाख । राष्ट्रपति विद्यादेवी भण्डारी ८० जनाको जब्बो टोलीको नेतृत्व गर्दै नेपाल बायु सेवा निगमको विमान चार्टर गरेर विहान ११ बजे छिमेकी मित्र राष्ट्र चीन तर्फ प्रस्थान गरेकी छिन् । गणतन्त्र स्थापनापछि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरेर चीन गएको यो पहिलो पटक हो ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मुख्य मन्त्री डोरमणी पौडेल सहित विभिन्न उद्योगी व्यावसायी कलाकार लगायत  करिब ८० जना रहेका छन्। जसका लागि विमान नै चार्टर गरेर लान लागिएको हो ।  परराष्ट्र मन्त्रालयका अनुशार चीन भ्रमणका क्रममा नेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चिनियाँ अनुदान ल्याउने प्रयास हुने छ ।

त्यसका लागि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी परियोजनाका ९ वटा सूची तयार पारिएको छ। ल्हासादेखि काठमाडौंसम्मका अन्तरदेशीय विद्युत् प्रसारण लाइन बनाउने र नौबिसेदेखि काठमाडौंसम्म सुरुङ खन्ने प्रस्तावलगायत यसमा छन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि दुवै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर हुनेछ । यो हस्ताक्षरपछि नेपालले चीनका चार सामुद्रिक बन्दरगाह र दुई सुक्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुल्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *