Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआईसी एशिया बैंकको नयाँ शाखा काठमाडौंको मनमैंजुमा

एनआईसी एशिया बैंकको नयाँ शाखा काठमाडौंको मनमैंजुमा

काठमाडौं, ११ बैशाख । एनआईसी एशिया बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ११ मनमैंजुमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा र बैंकका प्रदेश न.३ को उप–प्रादेशिक कार्यालय प्रमुख बिकास खरेलले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा मेयर बोहराले काठमाडौं उपत्यकाभित्र समेत बैकिङ पहुँच कमभएको स्थान छानी आमसर्वसाधरण सम्म बैकिङ पहुँच वृद्घि गर्न बैंकले खेलेको भुमिकाको प्रशंसा गरे । साथै बैंकका उप–प्रादेशिक कार्यालय प्रमुख खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्विगर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याई रहेको जानकारी दिए ।

हाल बैंकले मुलुकभर २८१ शखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत करिब १५लाख ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x