Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

राज्यलाई ४५ करोड बक्यौता नतिर्ने क्यासिनोको मनोमानी, अदालतको स्टेअडरमा नविकरण नै नगरि संचालित

राज्यलाई ४५ करोड बक्यौता नतिर्ने क्यासिनोको मनोमानी, अदालतको स्टेअडरमा नविकरण नै नगरि संचालित

बलराम बुढाथोकी
काठमाडौं, १२ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपालमा संचालित क्यासिनोहरुले सरकारलाई ४५ करोड ५० लाख रुपैयाँ भन्दा बढी बक्यौता तिर्न बाँकी छ । विभिन्न बहानामा ति कम्पनीहरुले बक्यौता रकम तिर्न अटेरि गरिरहेका छन् ।

सर्बोच्चको अन्तरिक आदेशमा संचालित ह्याप्पी आवर, गिल्ट, ¥याड, रकमिनि क्यासिनोले बक्यौता मात्र नतिरेको होइन, नियम अनुसार नविकरण समेत गराएका छैनन् । विसं २०७० साल देखि सर्वोच्चमा अदालतमा क्यासिनोबारे मुद्धा बिचाराधिन छ । ५ वर्ष अघि वि.सं. २०७१ बैशाख ५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले बक्यौता रकम नतिरेको भनेर क्यासिनो सञ्चालनमा रोक्का गर्न पत्र पठाएको थियो । तर, क्यासिनो सञ्चालकहरुले पुरानै नियम अनुसार क्यासिनो सञ्चालन गर्न पाउँ भनि अदालतमा रिट दायर गरे पछि सोही अनुसार सर्वोच्चले विभिन्न चरणमा स्टेअडर जारी गर्यो । त्यही स्टेअडरका आधारमा अहिले राज्यलाई ४५ करोड ५० लाख रुपैयाँ भन्दा बढीको घाटा भईरहेको छ ।

केही समय अघि महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनले पनि क्यासिनोको करोडौं रुपैयाँ बक्यौता रकम सरकारले लिन बाँकी भएको र त्यो बक्यौता रकम नियम सम्वत लिनु भनेको छ । त्यसमध्ये सबै भन्दा बढी क्यासिनो ह्याप्पी आवरको १९ करोड ५ लाख ९३ हजार ७ सय ५० रुपैयाँ सरकारलाई बक्यौता तिर्न बाँकी छ । त्यस्तै ह्याप्पी आवरले आर्थिक ऐन, २०७४ को दफा १७(१) र (२) अनुसार एक इजाजत पत्रबाट एक स्थानमा मात्र क्यासिनो सञ्चालनल गर्न पाउँने भएपनि नियम विपरित चार वटा स्थान (काठमाडौं, महेन्द्रनगर, वीरगञ्ज र विराटनगर) मा क्यासिनो सञ्चालन गरेर एक स्थानको मात्र नबीकरण शूल्क ५० लाख रुपैयाँ दाँखिला गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले ह्याप्पी आवरलाई ऐन बमोजिम कारबाही गरि बाँकी तीन वटाको पनि नबीकरण शूल्क १ करोड ५० लाख रुपैयाँ असुल गर्न सरकारलाई सुझाव दिएको छ ।

पछिल्लो समय सुन काण्डमा आरोपित न्यायाधीशहरुमाथि कारबाही, एनसेलको कर देखि अन्य केही महत्वपूर्ण काममा सर्वोच्चले गरेको फैसलाका कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले चर्चा कमाउन सफल भएका छन् । यी कामको बजारमा चर्चा, परिचर्चा हुने गरेको छ। तर क्यासिनो माथि परेको रिटमा यतिका लामो समय सम्म कुनै निर्णय नहुनु दुखद् भएको कानुनका जानकारहरु बताउछन् ।

अधिवक्ता प्रियहरि भण्डारी भन्छन्–‘क्यासिनो सञ्चालकले अदालतमा हालेको मुद्धा फैसला नभएसम्म अदालतको स्टे अडरमा क्यासिनो सञ्चालन भईरहन्छन् । अदालतले जबसम्म यो मुद्धाको टुङ्गो लगाउदैन तबसम्म क्यासिनो सञ्चालकले कर छली गरिरहन्छन् । अदालतको फैसला जे पनि आउँन सक्छ । क्यासिनोको बक्यौता रकम मिनाहा पनि हुन सक्छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x