भुकम्पको चार वर्ष : ८० प्रतिशत संरचना पुनर्निर्माण सम्पन्न, सम्पदा पुनर्निर्माणमा भने सकस
काठमाडौं, १२ बैशाख । बिनासकारी भुकम्प गएको आज ४ बर्ष पुरा भएको छ। गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको उक्त भुकम्पले ठुलो भौतिक क्षति गरेको थियो । ति संरचनाहरुको पुनर्निर्माणका लागि सरकारद्वारा गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठनको ४० महिना पुरा भएको छ । ४० महिनामा प्राधिकरणले पुनर्निमार्णको ८० प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ । बाँकी २० प्रतिशत पुनर्निमाणको काम अवको २० महिनामा सक्ने प्राधिकरणले जनाएको छ।
भुकम्पले १० लाख भन्दाबढी नीजि आवासमा क्षति पु¥याएको तथ्यांक छ । त्यसमा ७ लाख ६२ हजार ३ सय ७ घरपरिवारलाई लाभग्राहीको सुचीमा राखि पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेको थियो । त्यसमध्ये हाल सम्म ६ लाख १२ हजार ९ सय ३५ घर पुनर्निर्माण भइसकेको छ । जसमा ३ लाख ८२ हजार २ सय ७७ घर पुनर्निर्माण भइसकेको प्राधिकरणले जनाएको छ ।
यस्तै भुकम्पले क्षति पु¥याएका ७ हजार ५ सय ५३ विद्यालयहरुमा ४ हजार ४ सय ७६ वटा विद्यालयहरुको पुनर्निर्माण भइसकेको छ भने १ हजार ७ सय ७२ वटा विद्यालयहरु पुनर्निर्माणको प्रक्रियामा छ । ७ सय ८८ स्वास्थ्य संस्थामा क्षति पु¥याएको मध्ये ६ सय ४३ वटा स्वास्थ्य संस्थाहरु पुनर्निर्माण भइसकेको छ । बाँकी रहेका १ सय ४५ वटा स्वास्थ्य संस्थाहरु पुनर्निर्माणको प्रक्रियामा छ । यसका साथै १ सय ४५ वटा सुरक्षा निकायका भवनहरु पुनर्निर्माण भइसकेको छ भने ७१ वटामा पुनर्निर्माणको काम चलिरहेको छ।
पुनर्निमार्णको जिम्मेवारी पाएको प्राधिकरणले पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणमा भने न्यून उपलब्धी हाँसिल गरेको छ । ७ सय ५३ वटा क्षतिग्रस्त सम्पदाहरु मध्ये यो अवधीमा ५९ प्रतिशत मात्र पुनर्निमार्ण सम्पन्न भएको जनाइएको छ। जसमध्ये पनि ३० प्रतिशत अर्थात २ सय २४ वटा सम्पदाहरु पुनर्निर्माण भएका छन् भने २९ प्रतिशत अर्थात २ सय २१ वटा पुनर्निर्माणको प्रक्रियामा नै छ। ३ सय ८ वटा सम्पदाहरुको त पुनर्निर्माणको काम नै अघि बढेको छैन । पुनर्निर्माण भइसकेका २ सय २४ वटा सम्पदाहरुमा पुरातत्व विभागले १ सय ६२, अन्य संघ सस्थाहरुले ४२ र पशुपति क्षेत्र विकास कोषको तर्फबाट २० वटा सम्पदा निर्माण भएका हुन् । साथै पुनर्निर्माण प्रक्रियामा रहेका २ सय २१ वटा सम्पदाहरुमा पुरातत्व विभागले २ सय ५, पशुपति क्षेत्र विकास कोषको तर्फबाट ८, स्विस सरकारले २, चीन सरकारले १, श्रीलंका सरकारले २ र काठमाडौं उपत्यका संरक्षण कोषले ३ वटा सम्पदा निर्माणको काम गरिरहेको छ ।
सम्पदा पुनर्निर्माण अन्तर्गत विश्व सम्पदा सुचीमा सुचीकृत सम्पदाहरुको पुनर्निमाण प्रक्रिया निकै सुस्त देखिन्छ । काठमाडौं उपत्यकाभित्र रहेका रानीपोखरी, काठमाडौं दरबार स्क्वार, भक्तपुर दरवार, पाटन दरबार स्क्वार लगायतका ७ वटा विश्व सम्पदा सुची सुचिकृत सम्पदाहरु मध्ये धेरै सार्वजानीक बिवाद र निर्माणको क्रममा देखिएका विभिन्न खाले मुद्धाका कारण काम कछुवाको गति भइरहेको छ । यो २० महिनाको अवधीमा ति सम्पदाहरुको पुनर्निर्माण सम्पन्न गर्न निकै चुनौतीपूर्ण देखिन्छ । क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माणमा ७ अर्ब रुपैयाँकोे लागत पुर्व अनुमान गरिएको थियो । जसमा हाल सम्म निर्माण सम्पन्न भएका र प्रक्रियामा रहेकामा १ अर्ब ७२ करोड रुपैयाँ खर्च भइसकेको छ ।
पाँच वर्षको समयावधी सहित गठन भएको प्राधिकरणले भुकम्पबाट भएको संरचनाहरुको पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आँकलन गरेको थियो । उक्त रकम मध्ये आर्थिक बर्ष २०७४÷०७५ मा १ खर्ब ८६ अर्ब रुपैयाँ खर्च गरिसकेको छ भने चालु आर्थिक बर्षको अन्त सम्ममा १ खर्ब २३ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । अनुमानित रकम मध्ये सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैरसरकारी क्षेत्र वा दातृ निकायबाट करिब २ खर्ब रुपैयाँ परिचालन हुने अपेक्षा प्राधिकरणले गरेको छ । अझै ४ खर्ब २९ अर्ब रुपैयाँ भने अपुग हुने जनाउन प्राधिकरणले गरिसकेको छ।