Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

ओम डेभलपमेन्ट बैंकमा ‘मेरो बचत खाता’ खोल्दा मेट्रो स्मार्ट कार्ड सित्तैमा

ओम डेभलपमेन्ट बैंकमा ‘मेरो बचत खाता’ खोल्दा मेट्रो स्मार्ट कार्ड सित्तैमा

काठमाडौं, १२ बैशाख । ओम डेभलपमेन्ट बैंकले ‘मेरो बचत खाता’ सञ्चालनमा ल्याएको छ । सरकारले संचालन गरेको ‘खोलौं खाता अभियान’ अन्तर्गत बैंकले यस्तो योजना ल्याएको हो ।

बैंकमा खाता नभएका ग्राहकहरुले खोलेको खातामा बैंकको तर्फबाट एक सय रुपैंया जम्मा गरिदिनुका साथै पोखरा महानगरपालिका भित्र खाता खोल्ने ग्राहकहरुलाई महानगरपालिका भित्र चल्ने बस तथा अन्य सेवाहरुमा प्रयोग हुने स्मार्ट कार्ड समेत निशुल्क प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले खातामा निशुल्क चेक बुक, निशुल्क अन्तर शाखा कारोवार, निशुल्क बैंक स्टेटमेन्ट, निशुल्क आश्वा सेवा तथा कर्जामा पनि सहुलियतहरु प्रदान गर्ने जनाएको छ ।

बैंकले केहि दिन अघि पोखरा महानगरपालिका, स्थानिय बस ब्यवसायी समिति र ए्न क्लाउड प्रालिसंग स्मार्ट सिटी पोखरा कार्यक्रम अन्तर्गत महानगरमा चल्ने बसहरुमा स्मार्ट कार्ड राख्ने सम्झौता गरेको थियो । सम्झौता अन्तर्गत बैंकले बसहरुमा प्वाईट अफ सेल मेसिन जडान गरिदिने र ग्राहकहरुलाई निशुल्क स्मार्ट कार्ड बितरण गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x