Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

तेस्रो त्रैमासको वित्तिय विवरण : सानिमा, सिद्धार्थ र एसबिआई बैंकको नाफा अर्व माथि

तेस्रो त्रैमासको वित्तिय विवरण : सानिमा, सिद्धार्थ र एसबिआई बैंकको नाफा अर्व माथि

काठमाडौं, १२ बैशाख । बैंक तथा वित्तिय संस्थाहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण प्रकाशन गरिरहेका छन् । आजै मात्र तीन वटा बाणिज्य बैंक सानिमा, सिद्धार्थ र नेपाल एसबिआई बैंकले विवरण प्रकाशन गरेका छन् । यी तीनै बैंकले आफ्नो नाफामा उल्लेख्य बृद्धि गरेका छन् ।

सानिमा बैंक

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सानिमा बैंकले १ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको यही अवधीमा बैंकको नाफा १ अर्ब २० करोड ४७ लाख रुपैयाँ थियो ।

सानिमाले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि वृद्धि गरेको छ । बैंकको खुद ब्याज आम्दानी ३९.४७ प्रतितशले बढेर २ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २९.१० प्रतिशतले बढेर २ अर्ब २४ करोड २५ लाख रुपैयाँ पुगेको वित्तिय विवरण मा उल्लेख छ ।

यस अवधिमा बैंकले ८५ अर्ब २६ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरि ७९ अर्ब १३ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सिद्धार्थ बैंक
त्यस्तै सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ५९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा १५.३८ प्रतिशतले बढी हो ।

सिद्धार्थले खुद ब्याज आम्दानी ४३.९८ प्रतिशतले वृद्धि भई ३ अर्ब ४० करोड ८४ लाख रुपैयाँ र सञ्चालन नाफामा १५.०८ प्रतिशले बृद्धि भई २ अर्ब २६ करोड ९७ लाख ७६ हजार रुपैयाँ पुर्याएको छ। यो अवधीमा बैंकले १ खर्ब ५ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब १ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा १ अर्ब ६० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त बिवरण अनुसार यो नाफा रकम गत वर्षको सोही अवधीको तुलनामा १६ प्रतिशतले बढी हो ।

बैंकले तेस्रो त्रैमासमा खुद ब्याज आम्दानी १६.११ प्रतिशतले ले वृद्धि गरि ३ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा ९.३३ प्रतिशतले बृद्धि गरि २ अर्ब २० करोड ३५ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै यो अवधीमा एक खर्ब भन्दा बढी निक्षेप संकलन गरि ८५ अर्ब रुपैयाँ भन्दा बढीको कर्जा लगानी गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x