तेस्रो त्रैमासमा ओम डेभलपमेन्ट बैंकको नाफा ३४ करोड
काठमाडौं, १२ बैशाख । ओम डेभलपमेन्ट बैंकले तेस्रो त्रैमासमा ३४ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा यो पटकको नाफा रकम ३० प्रतिशतले बढी भएको बैंकले जनाएको छ।
यो अवधीमा बैंकले २४ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरि २२ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।