Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

एनआईसी एशिया बैंकको ५ नयाँ शाखा थप, कुल शाखा २ सय ८१ पुग्यो

एनआईसी एशिया बैंकको ५ नयाँ शाखा थप, कुल शाखा २ सय ८१ पुग्यो

काठमाडौं, १२ बैशाख । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी थप ५ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ। ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थिति दरिलो बनाई वित्तिय पहुँच विस्तारका लागि शाखा विस्तार गरेको बैंकले जनाएको छ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. ६ स्थित पुरानो थिमी, कागेश्वरी मनोहरा नगरपालिका गोठाटार, सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोट, चन्द्रागिरी नगरपालिका वडा नं. ११ सतुंगलचोकमा शाखा विस्तार गरेको हो । त्यस्तै बाराको फेटा गाउँपालिका वडा नं. ३ मा पनि शाखा विस्तार गरि हिजोबाट सेवा सुरु गरेको छ।

यो सँगै बैंकको कुल शाखा संख्या २ सय ८१ पुगेको छ। २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई पनि संचालनमा रहेको बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x