गोर्खाज फाइनान्सको नाफा ६ करोड ३५ लाख
काठमाडौं, १९ बैशाख । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा ६ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । सो नाफामा गैरसञ्चालन खर्च र प्रोभिजनको राइजब्याकको ठुलो हिस्सा रहेको छ ।
हाल सम्म फाइनान्सले ५ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरि ५ अर्ब १५ करोड रुपैंयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी ८६ करोड रुपैयाँ रहेको छ ।