राष्ट्र बैंकले आज १५ अर्वको रिपो जारी गर्ने
काठमाडौं, १९ बैशाख । नेपाल राष्ट्र बैंकले बिहीबार (आज) १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ७ दिनमा परिपक्क हुने गरी रिपो जारी गर्न लागेको हो । रिपो आज अपराह्न ३ बजे बोलकबोल गरी आजै जारी हुने राष्ट्र बैंकले जनाएको छ ।
वैशाख २६ गते परिपक्क हुने यस रिपोको ब्याजदर ५ प्रतिशत निर्धारण गरिएको छ। बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।