संघीय सदनको संयुक्त बैठकमा ४ बजे राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम सार्वजनिक गरिदैं
काठमाडौं,२० बैशाख । सरकारले आगामी आर्थिक बर्ष २०७६।७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । राष्ट्रपति विद्या देवी भण्डारीले आज बेलुका ४ बजे संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ । यसका लागि संघीय संसद भवन परिसर राष्ट्रिय झण्डा, घडा र ध्वाजपतकाले सजिसजाउ र झकिझकाउ पारिएको छ । अघिल्ला वर्ष प्री बजेट छलफलपछि नीति तथा कार्यक्रम ल्याउने गरिएको भएपनि यो पटक भने प्रि बजेट झलफल नगरी नीति कार्यक्रम ल्याउन लागिएको हो । नीति तथा कार्यक्रमको आधारमा रहेर सरकारले बजेट ल्याउने गर्दछ । आउदो जेठ १५ गते सरकारले संसदमा बजेट पेस गर्ने संवैधानिक ब्यवस्था छ ।
यस्ता छन् नीति तथा कार्यक्रम प्राथामिकता
सकारले आगामी नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजनलाई विशेष प्रामथकिता दिइएको छ ।त्यसैगरी सामाजिक सुरक्षा कार्यक्रम र रोजगारी सिर्जना हुने योजनहरुलाई प्रथमकितामा राखिएको छ। यस्तै दीगो विकासको लक्ष्य र १५ औँ पञ्चवर्षीय योजनालाई केन्द्रित गरेर बनाइएको छ । ‘पछिल्ला पाँच वर्षमा सरकारले राखेको लक्ष्य र वर्तमान सरकारले गरेको घोषणामा आधारित भएर नीति तथा कार्यक्रममा केन्द्रित रहेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार राष्ट्रिय गौरवका आयोजना र यसअघि घोषित कार्यक्रमलाई पहिलो प्राथमिकता दिइएको । चुनावको समयमा वाम गठबन्धनले गरेको प्रतिवद्धता सम्बोधन गर्ने गरी नीति कार्यक्रम ल्याउने तयारी सरकारको रहेको छ । सरकारको यो दोस्रो नीति तथा कार्यक्रम हो ।