Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आज विश्र प्रेस स्वतन्त्रता दिवस

आज विश्र प्रेस स्वतन्त्रता दिवस

काठमाडौं,२० बैशाख । आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाईँदैछ।  ‘लोकतन्त्र र शान्तिका लागि मिडिया : इन्टरनेट युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नारा सहित देेशैभर प्रेस संग सम्वन्धित विभिन्न संघ संगठनले दिवस मनाइरहेका छन् । दिवसका अवसरमा नेपाल पत्रकार महासंघ र युनेस्कोले युएनडिपी र निर्वाचन आयोगसँगको सहकार्यमा प्रेस स्वतन्त्रता सम्मेलनको आयोजना गरेका छ।  सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । यो २६ औ प्रेस स्वतन्बता दिवस हो ।

यसै बीच नेपाल पत्रकार महासंघले समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई गिरफ्तार गर्ने घटनाहरु भइरहेको भन्दै प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने कानूनहरु संशोधन गर्नु आग्रह गरेको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले दिवसको अवसरमा दिएको शुभकामना त्यस्ता कानुन संशोधनमा सरकारको ध्यानाकर्षण गराएका हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x