अमेरिकाको बेरोजगारी ३.६ प्रतिशतमा झर्यो
काठमाडौं, २२ बैशाख । अमेरिकाको बेरोजगारी ४९ वर्षयताकै कमजोर विन्दुमा झरेको छ । गत अप्रिलमा अमेरिकाको बेरोजगारी सन् १९६९ डिसेम्बरयताकै कम विन्दुमा पुगेको हो । श्रम मन्त्रालयका अनुसार अप्रिलमा अमेरिकाको बेरोजगारी ३.८ बाट ३.६ प्रतिशतमा झरेको हो ।
उक्त महिना २ लाख ६३ हजार मानिसले अमेरिकामा रोजगारी पाएका थिए । रोजगारीका साथै ज्याला पनि औसतमा वार्षिक ३.२ प्रतिशत बढिरहेको बताइएको छ ।