Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

सेयर बजार ५ अंकले घटेपनि ९४ करोड बढीको कारोबार

सेयर बजार ५ अंकले घटेपनि ९४ करोड बढीको कारोबार

काठमाडौं, २६ बैशाख । सेयर बजार परिसूचक आज पनि घटेको छ। बजार ५.६४ अंकले घटेर १२९१.९६ को बिन्दुमा बन्द भएको छ । हिजो पनि बजारमा सामान्य अंकको गिरावट आएको थियो ।

उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा बाहेक अरु सबै समुहको परिसूचक आज घटेको छ। निर्जीवन बीमा समुहको परिसूचक ५०.२१ र उत्पादन तथा प्रशोधन समुहको परिसूचक ३६.०९ अंकले बढेको छ । धेरै गिरावट भने जिवन बीमा समुहमा ५३.८८ अंकले गिरावट आएको छ ।

सेयर कारोबार भने हिजोको तुलनामा बढी नै भएको छ । आज १ सय ७४ कम्पनीको ९४ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसमा सानिमा बैंकको प्रमोटर सेयर सबैभन्दा धेरै किनबेच भएको छ। त्यस्तै सो दिन सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने प्रोग्रोशिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x