Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सन्राइज बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच ‘बैंकास्योरेन्स’ सम्झौता

सन्राइज बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच ‘बैंकास्योरेन्स’ सम्झौता

काठमाडौं, २६ बैशाख । सन्राइज बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीबीच ‘बैंकास्योरेन्स’ सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हसताक्षर गरेका छन् ।

अब बैंकका ग्राहकहरुले देशभरका कुनै पनि शाखाबाट सूर्या लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसि खरिद गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने जनाइएको छ। यसले बीमा गर्न चाहने ग्राहकलाई थप सहजता प्रदान गर्ने बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x