Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

पूँजी बजार बलियो बनाउन अर्थमन्त्री पौडेलको आग्रह, सेबोनलाई बाह्य दबाब नमान्न चेतावनी

पूँजी बजार बलियो बनाउन अर्थमन्त्री पौडेलको आग्रह, सेबोनलाई बाह्य दबाब नमान्न चेतावनी

काठमाडाैं, २५ जेष्ठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारलाई मजबुत बनाउन बाह्य दबाबको प्रतिकार गर्नुपर्ने आवश्यकता औँल्याउँदै नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई प्रभावकारी नियमनमा केन्द्रित रहन आग्रह गरेका छन्।

सेबोनको ३३औँ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले भित्री कारोबार (इनसाइडर ट्रेडिङ) मा संलग्नहरूमाथि कडा कारबाही गर्न र राम्रो अभ्यासलाई पुरस्कृत गर्ने तथा गलत काम गर्नेहरूलाई दण्डित गर्ने प्रणाली अपनाउनुपर्नेमा जोड दिए।

उनले पूँजी बजारको दीर्घकालीन विकासका लागि नयाँ वित्तीय उपकरण (financial instruments) हरू भित्र्याउन आवश्यक रहेको भन्दै आउँदो बजेटमा पूँजी बजार सुधारका महत्वपूर्ण प्रावधानहरू समावेश हुने आशा व्यक्त गरे। साथै, सेबोनको नियामक भूमिकामा गुणात्मक सुधार आवश्यक रहेको उल्लेख गर्दै नियमनको प्रभावकारिता बढाउनुपर्ने बताए।

कार्यक्रममा सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नियामकीय कमजोरी रहेको स्वीकार गर्दै बोर्डको संस्थागत क्षमता अभिवृद्धि गरी नियमनलाई थप प्रभावकारी बनाउनुपर्ने बताए। उनले सेबोनको कार्यदक्षता बढाउन आन्तरिक संरचना तथा स्रोतसाधनमा सुधार गर्नेतर्फ ध्यान केन्द्रित गरिने जानकारी दिए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *