नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी विनिमय दर सार्वजनिक, डलरदेखि भारतीय रुपैयाँसम्म यस्तो छ रेट

काठमाडाैं, २५ जेष्ठ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर नेपाली रुपैयाँ १३६.७१ र बिक्री दर १३७.३१ रहेको छ। युरोको खरिद दर १५६.१३ र बिक्री दर १५६.८१ रुपैयाँ छ। बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १८५.१४ र बिक्री दर १८५.९५ रुपैयाँ तोकिएको छ भने स्विस फ्र्याङ्कको खरिद दर १६६.४२ र बिक्री दर १६७.१५ रुपैयाँ रहेको छ।
अष्ट्रेलियन डलरको खरिद दर ८८.७८ र बिक्री दर ८९.१७ रुपैयाँ रहेको छ भने क्यानाडियन डलरको खरिद दर ९९.९० र बिक्री दर १००.३४ रुपैयाँ छ। सिङ्गापुर डलरको खरिद दर १०६.३१ र बिक्री दर १०६.७७ रुपैयाँ छ। जापानी येनको १० येनको लागि खरिद दर ९.४८ र बिक्री दर ९.५२ रुपैयाँ तोकिएको छ। चिनियाँ युआनको खरिद दर १९.०३ र बिक्री दर १९.१२ रुपैयाँ छ।
त्यसैगरी, साउदी रियालको खरिद दर ३६.४५ र बिक्री दर ३६.६१, कतारी रियालको खरिद दर ३७.५१ र बिक्री दर ३७.६७, थाई भाटको खरिद दर ४.१९ र बिक्री दर ४.२१, संयुक्त अरब इमिरेट्स दिरामको खरिद दर ३७.२२ र बिक्री दर ३७.३८ रुपैयाँ रहेको छ। मलेसियन रिङ्गिटको खरिद दर ३२.३२ र बिक्री दर ३२.४६, दक्षिण कोरियन वोन (१०० वोनको दर) को खरिद दर १०.०७ र बिक्री दर १०.११ रुपैयाँ छ। स्विडिश क्रोनाको खरिद दर १४.२५ र बिक्री दर १४.३१ तथा डेनिश क्रोनाको खरिद दर २०.९३ र बिक्री दर २१.०२ रुपैयाँ निर्धारण गरिएको छ।
हङकङ डलरको खरिद दर १७.४२ र बिक्री दर १७.५०, कुवेती दिनारको खरिद दर ४४६.०७ र बिक्री दर ४४८.०३, बहरैनी दिनारको खरिद दर ३६२.६४ र बिक्री दर ३६४.२३ र ओमानी रियालको खरिद दर ३५५.०९ र बिक्री दर ३५६.६४ रुपैयाँ तोकिएको छ। अन्त्यमा, १०० भारतीय रुपैयाँको खरिद दर १६०.०० र बिक्री दर १६०.१५ रुपैयाँ रहेको छ।