Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

एकैदिन ३ हजारले घट्यो सुनको मूल्य, चाँदीको भाउमा पनि गिरावट

एकैदिन ३ हजारले घट्यो सुनको मूल्य, चाँदीको भाउमा पनि गिरावट

काठमाडौं, २५ जेष्ठ । करिब एक सातायता लगातार उकालो लागेको छापावाल सुनको मूल्यमा आज आइतबार एकाएक भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँ कायम गरिएको छ। गत शुक्रबारसम्म छापावाल सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो। सोअनुसार, एकैदिनमा सुनको मूल्यमा ठूलो गिरावट आएको देखिन्छ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। गत शुक्रबार प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँ घटेर २ हजार १४५ रुपैयाँमा झरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *