Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठलाई 

मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठलाई 

काठमाडौं,२७ बैशाख । मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठले हातपारेकी छन् । कीर्तिपुरस्थित ल्याब स्कुलमा भएको फाइनल राउन्डमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन्। अनुष्का अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक हुन्। २३ वर्षीया उनी कमनवेल्थ बैंक अफ अष्ट्रेलिया कार्यरत रहेकै बेला मिस नेपाल ओसिआनिया जितेर मिस नेपालमा छनाेट भएकी थिइन्। त्यसपछि उनी नेपाल फर्किएकी हुन्।उनले मिस वर्ल्ड २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्। यस्तै, यो बर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीको पोल्टामा गएको छ । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतको पोल्टामा जादा ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितिन् । मिस नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जितिन्

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x