११ हजार कर्मचारी भर्नाका लागि लोकसेवालाई आग्रह, आफुखुसी भर्ना गरे बदर गरिने

काठमाडौं,२७ बैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्थायी कर्मचारी भर्ना नगर्न निर्देशन दिदै थप ११ हजार नयाँ कर्मचारी भर्नाका लागि लोक सेवा आयोगसँग आग्रह गरेको छ । मन्त्रालयको लोकसेवालालाइ भर्नाका लागि आग्रह गरेसँगै लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४९२ पदमा विज्ञापन गर्ने निश्चित भएको छ।

 मन्त्रालयले अधिकृत देखी खरदार सम्मका विभिन्न पदमा पदपूर्तिको आग्रह गर्दै लोकसेवा आयोगमा लिखित पत्र पठाएपछि आयोगलाई विज्ञापन गर्ने बाटो खुला भएको हो।  हाल ७५३ वटा स्थानीय तहमा झण्डै १६ हजार कर्मचारी रिक्त छ। मन्त्रालयले सबै स्थानीय तहसँग रिक्त पदको विवरण माग गरेको थियो। त्यसरी माग गरेपछि ४३७ वटा स्थानीय तहले ११ हजार ४९२ पदको विवरण मन्त्रालयमा पठाएका थिए। कतिपय स्थानीय तहले माग नपठाइ आफै भर्ना प्रक्रिया अगाडी बढाएपछि त्यसलाइ रोक्न भर्ना गरे स्वता बदर गरिने चेतावनी संघीय मन्त्रालयले दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *