Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

चालु आवमा पूँजीगत खर्च कमभएकोमा राष्ट्र बैंकको चिन्ता

चालु आवमा पूँजीगत खर्च कमभएकोमा राष्ट्र बैंकको चिन्ता

काठमाडौं,२७ बैशाख । नेपाल राष्ट्र बैकले चालु आर्थिक बर्षमा पूजीगत खर्च नबढेकोमा चिन्ता ब्याक्त गरेको छ। अर्थतन्त्रलाइ चलायमान गराउन पूजीगत खर्च हुने गरी आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आउँदो आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । संसद समितिको बैठकमा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवि नेपालले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका हुन ।

 ‘प्रि बजेट’ छलफल कार्यक्रममा बोल्दै उहाँले देशमा बढ्दो व्यापार घाटालाई कम गर्न पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन वृद्धिमा जोड दिनुपर्ने स्पष्ट पार्नुभयो । देशमा अहिले सात खर्ब ८७ अर्ब व्यापार घाटा रहेको छ । चालु आर्थिक वर्षको हालसम्म संघीय सरकारले ३५ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ । आगामी बर्ष यो समस्या नरहने गरी बजेट ल्याउन  पर्ने सुझाब नेपालको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *