ग्राहक सेवा सम्बन्धी लगानी कोषको तालिम
काठमाडौ,२९ बैशाख । नागरिक लगानी कोषले ग्राहक सेवा सम्बन्धी एक दिने तालिम प्रदान गरेको छ । कोषले फ्रन्ट डेस्कमा कार्य गर्ने कर्मचारीलाई लक्ष्यित गरी उक्त तालिमको आयोजना गरेको हो ।
उक्त कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कर्मचारीहरुलाई उत्प्रेरित गर्न तालिमको आयोजना गरेको बताए । कोषमा आवद्ध ६ लाख ३१ हजार भन्दा बढि सेवाग्राहीलाई थप प्रभावकारी बनाउन यस्ता कार्यक्रम आयोजना गरिएकोमा उनले जोड दिए ।
सो अवसरमा कोषका मुख्य व्यवस्थापक डा. इन्द्र कुमार कट्टेलले प्रशिक्षण दिदै ग्राहकको सेवालाई सवै कर्मचारीले आत्मसाथ गर्नुपर्ने बताए । उनले सेवागा्रहीको समस्या समाधानलाई पहिलो प्राथामिकता दिनुपर्नेमा जोड दिए । ग्राहकले राखेको जिज्ञासालाई कोषमा आवद्ध कर्मचारीले सम्बोधन गर्न सके मात्रै कोषप्रति उनीहरुको दुष्टिकोण सकारात्मक हुने उनको भनाई थियो ।
त्यसैगरी अर्का प्रशिक्षक मित्रलाल पंगेनीले ग्राहकलाई कसरी सेवा दिने, सहि अभिब्यक्ति कसरी दिने, सेवाग्रही संग गरिने संचारलाई सरल बनाउने तथा काउन्टरमा बस्ने कर्मचारी उत्तेजित हुन नहुने जस्ता बिषयमा प्रकाश पारेका थिए । कोषले आफुसंग आबद्ध भएका सेवाग्रहीको समस्या तत्काल सम्बोधन गर्ने रणनीति अनुरुप बिभिन्न किसिमका तालिम , गोष्ठि लगायतको कार्य गर्दै आएको र त्यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने पनि जनाएको छ ।