Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

जनकपुर-जयनगर रेल संचालन गर्न भारतसँग रेल खरिद समझौता

जनकपुर-जयनगर रेल संचालन गर्न भारतसँग रेल खरिद समझौता

काठमाडौं,२८ भारत ।  जनकपुर जयनगर -कुर्था रुटमा रेल संचालनका लागि नेपाल र भारतका अधिकारीहरुबीच नेपाललाई रेलका डिब्बा हस्तान्तरण गर्ने सहमतिमा हस्ताक्षर भएको छ । समझौता अनुशार भारतले नेपालमा सञ्चालन हुने रेलका डब्बा उपलब्ध गराउने भएको छ । एसि सुविधा सहित रेलमा पाँचबटा डब्बा हुनेछन् ।

यस्तै समझौता अनुशार तीन महिना भित्र पहिलो रेल नेपाल आउने र त्यसको दुइ महिना पछि दोस्रो रेला नेपाल आउने छ ।  नेपाल र भारतबीच शुक्रबार रेलका डब्बाहरु दिने कुरामा सहमति भएको हो। भौतिक योजना तथा यातायात सचिव मधुसूदन अधिकारी र भारतीय राजदूत मञ्जिवसिंह पुरीको उपस्थितिमा नेपालको रेल्वे विभाग र भारतको कोन्कन रेल्वे कर्पोरेसनबीच सहमतिमा हस्ताक्षर भएको हो। नेपालले तत्काल जनकपुर-जयनगर रेलवे सञ्चालनको तयारी गरेको छ । बन्द भएर पुन:सञ्चालन हुन लागेको जनकपुर-जयनगर रेलवेको परीक्षण पनि भइसकेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x