नेपाल -इण्डिया फ्रेन्चाइज एक्सपो तयारी पुरा
काठमाडौं,३० बैशाख । नेपाल उद्योग बाणिज्य महासंघले नेपाल – इण्डिया फ्रेन्चाइज लागानी सम्मेलनको तयारी पुरा भएको बताएको छ । महासंघद्वारा भारतीय राजदुतावास र फ्रेन्चाइज इण्डियास“गको सहकार्यमा २०७६ साल जेठ १–२ (15th -16th May 2019) गते, काठमाडौंमा Nepal-India Franchise Investment Expo & Conclave आयोजना गर्न लागिएको हो । नेपाल र भारत बीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धन मार्फत बिभिन्न ब्रान्डहरुमा लगानी गर्ने अवसरहरू सिर्जन गर्ने उद्देश्यले आयोजना गरिन लागेको महासंघले जनाएको छ । दुई दिनसम्म चल्ने सो भेलामा बिभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय उद्योगका ब्रान्डहरूले एक्सपोमा आफ्नो ब्रान्डहरूको प्रदर्शन गर्नेछन् ।