Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

सनाराइज बैंक र यूनियन लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

सनाराइज बैंक र यूनियन लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं ३० बैशाख । सनराइज बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स  सम्बन्धि सम्झौता भएको छ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा एक कार्यक्रमा बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य  र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार लाल कर्ण बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो ।

बैंकास्योरेन्स   सम्झौता अनुसार सन्राइज बैंकले देश भर रहेका १०५ वटै शाखाहरmबाट यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडेको जीवन बीमा योजनाहरूमा बिमा गर्न सक्ने बैंकले एक विज्ञाप्ति मार्फत जानकारी दिएको छ ।  

ग्राहकहरुले सन्राइज बैंकका देशभरीका शाखाहरूबाट यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सकिने छ। यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *