Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

चिया मजदुर र उद्यमी बीच सहमती, आजैंबाट उद्योग संचालनमा

चिया मजदुर  र उद्यमी बीच सहमती, आजैंबाट उद्योग संचालनमा

काठमाडौं, ३१ बैशाख । नेपाल चिया उत्पादक संघ र चिया मजदुर संगठनबीच तीन बुँदे सहमति भएपछि  चिया मजदुरहरुले आन्दोलन फिर्ता लिएका छन् ।  समझौता सँगै विगत ४५ दिन देखि चल्दै आएको आन्दोलन रोकिएको छ । सरकारले तोकेको श्रम ऐन ‘२०७४’ अनुसार मजदुरलाई न्यूनतम ज्याला ३८५ सहित अन्य सेवा सुविधा दिने, सरकारले चालु आर्थिक वर्षदेखि श्रम ऐन लागू गरे अनुसारको तलब भुत्तान गर्ने र आन्दोलन अवधि भरको ज्याला ३० प्रतिशत दिने समेत सहमति भएको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ्गले जानकारी दिएका छन् । सहमतीसँगै आजबाट बन्द उद्योग खुला हुने भएको छ।  सहमति पत्रमा उद्योगीको तर्फबाट नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ता, चिया उद्योगीहरू चण्डी पराजुली, छत्र गिरी, कुमार गिरी, हिरा गिरी र मजदुर नेताको तर्फबाट नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, ट्रेड युनियनका झापा अध्यक्ष यज्ञ प्रताप अधिकारी, कृषि तथा चिया बगान श्रमिक संघका उपाध्यक्ष सहीकुमार राई, अखिल नेपाल चिया मजदुर संघका अध्यक्ष सीता सापकोटा, जिफण्डका सन्तकुमार राई, भुपाल सापकोटा लगायतले हस्ताक्षर गरेको जनाइएको छ।  झापामाका २८ वटा चिया उद्योगमा ५० हजार बढी मजदुर कार्यरत रहेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x