Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रदेश २ का आठ जिल्लामा प्रदेश सरकारका आफ्नै सिडियो !

प्रदेश २ का आठ जिल्लामा प्रदेश सरकारका आफ्नै सिडियो  !

काठमाडौं, ३१ बैशाख । प्रदेश २ ले प्रदेशमा पर्ने ८ जिल्लामा जिल्लाको शान्ति शुरक्षा हेर्ने गरी प्रमुख जिल्ला अ अधिकारी सरह प्रदेशकाे आफनै प्रदेश प्रशासनिक अधिकारी नियुक्त गर्ने भएको छ । प्रदेशभित्र शान्ति सुरक्षा कायम राख्न ल्याइएको प्रदेश प्रशासनसम्बन्धी विधेयक २०७५ यस्तो ब्यवस्था गरिएको छ । प्रदेश सभामा पेस विधेयकमा आठ वटा जिल्लामा प्रदेश प्रशासनिक कार्यालय स्थापना गर्ने र तीनको नेतृत्व प्रदेश प्रशासनिक अधिकारीलाई दिने ब्यवस्था गरिएको छ । यससँगै संघीय सरकारले राखेको प्रमुख जिल्ला अधिकारी र प्रदेश सरकारले नियुक्त गरेको प्रदेश प्रशासनिक अधिकारीको कार्यक्षेत्र द्न्दव सृजना गर्ने देखिएको छ । यो विधेयक पास भएपछि प्रदेश सरकारले आठ वटै जिल्लामा प्रदेश प्रशासनिक कार्यालयको स्थापना गर्नेछ ।

प्रदेश प्रशासनिक अधिकारीलाई मुख्य चार वटा जिम्मेवारी हुनेछ, प्रदेशभित्र प्रहरी परिचालन, दैनिक शान्ति सुरक्षा प्रदान, प्रदेशभित्रको परियोजना र सुशासनको अनुगमन गर्ने । संघले प्रमुख जिल्ला अधिकारी परिचालनको अधिकार प्रदेशलाइ नदिएपछि प्रदेशभित्र शान्ति सुरक्षा कायम राख्न विधेयक ल्याइएको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् । प्रदेश प्रदेशसभाले पास गरेको विधेयकमा वर्तमान प्रमुख जिल्ला अधिकारी प्रदेश सरकारको मातहत आउन चाहे उसैलाई पनि जिम्मेवारी दिन सकिने व्यवस्था समेत गरिएको छ ।   हाल संघीय सरकार मातहत रहने गरी प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी छन् । संघीय सरकारले प्रदेश प्रहरी परिचालनको अधिकार सीडीओलाई दिएपछि प्रदेश सरकारहरुले विरोध गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x