Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

चालु आबको १० महिनामा बजेट खर्च ५० प्रतिशत मात्र

चालु आबको १० महिनामा बजेट खर्च ५० प्रतिशत मात्र

काठमाडौं,३१बैशाख । सरकारले चालु आर्थिक बर्षको १० महिनामा जम्मा आधा बजेटमात्र खर्च गरेको छ । आर्थिक बर्ष सकिन दुइ महिनामात्र बाकि रहदा जम्मा ५० प्रतिशत बजेट मात्र खर्च भएको महालेखा नियन्त्रको कार्यालयले तथ्यङकले देखाएको छ ।

सरकारले चालु आवमा १३ खर्ब १५ अर्ब रुपैयाँ बजेट खर्च गर्ने अनुमान गरेको भएपनि १० महिना सम्ममा आउँदा कुल बजेट खर्च ६ खर्ब ६१ अर्ब रुपैयाँ भएको छ।  गत वर्षको तुलनामा यो वर्ष कुल बजेट झण्डै एक १ खर्ब रुपैयाँले कमी हो। गत वर्ष वैशाख मसान्तसम्ममा सरकारले सात खर्ब ५६ अर्ब रुपैयाँ खर्च गरेको थियो। जुन अघिलेको खर्च भन्दा दस प्रतिशत बढी हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको १० महिना सम्ममा एक खर्ब १९ अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च भएको छ। यो कुल बजेटको ३८ प्रतिशत मात्र हो। पुँजीगत बजेट खर्च मात्र होइन सरकारले राजस्व असुली पनि सन्तोष जनक मान्न सकिदैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x