सेयर बजार १३ सयको बिन्दुमा चढ्यो

काठमाडौं, ३० बैशाख । साताको दोस्रो सेयर कारोबार दिन सोमबार (आज) सेयर बजार १३ सय विन्दुभन्दा माथि पुगेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.३० अंकले वृद्धि हुँदा बजार १३०१.३४ विन्दुमा पुगेको हो ।

१ सय ६९ कम्पनीका २३ लाख ९२ हजार ४०३ कित्ता सेयर खरिद विक्री हुँदा ७८ करोड ६४ लख १२ हजार ८०८ रुपैयाँको कारोबार भएको छ । त्यस्तै सबैभन्दा बढी सेयर कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । शिवम्को ११ करोड ४६ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो । त्यस्तै सबैभन्दा बढी कमाउँनेमा पनि शिवम् सिमेन्टकै सेयरधनीहरु परेका छन् । कम्पनीको प्रतिसेयर मूल्य ९.९६ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा बढी गुमाउँनेमा भने हिमालयन डिस्टिलरी लिमिटेडका सेयरधनीहरु रहेका छन् । जसको प्रतिसेयर मूल्यमा ६.०७०९१ प्रतिशतले गिरावट आएको छ।

आज नेप्सेमा १२ वटा समूहहरु सूचिकृत छन् । जसमध्ये ७ वटा समूहको परिसूचक बढेको छ भने ५ वटा समूहको परिसूचक घटेको छ । बैंकिङ्ग ०.०७ प्रतिशत, होटल ०.९८ प्रतिशत, विकास बैंक ०.७७ प्रतिशत, हाइड्रोपावर ३.०५ प्रतिशत, उत्पादन तथा प्रशोधन २.४१ प्रतिशत, अन्य २.०२ प्रतिशत र म्यूचियल फण्ड समुहको परिसूचक १.०४ प्रतिशतले बढेको छ । व्यापार २.१२ प्रतिशत, फाईनान्स ०.०७ प्रतिशत, निर्जीवन बीमा ०.४३ प्रतिशत, माइक्रोफाईनान्स ०.१ प्रतिशत र जीवन बीमा समुहको परिसूचक भने ०.१९ प्रतिशतले घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *