ढुंगेधारामा प्रभु बैंकको नयाँ शाखा
काठमाडौं, ३० बैशाख । प्रभु बैंकले काठमाण्डौ महानगरपालिका वडा नं. १५, ढुंगेधारामा शाखा कार्यालय संचालनमा ल्याएको छ। आज एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन ।
कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न स्थानहरुमा आफ्नो शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको भन्दै अब ढुंगेधाराबासीहरुले आफ्नो घर आँगनबाट गुणस्तरीय वित्तिय सेवा पाउने बताए ।