Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआईसी एशिया बैंकको नाफा २ अर्व ३७ करोड

एनआईसी एशिया बैंकको नाफा २ अर्व ३७ करोड

काठमाडौं, ३० बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५÷७६ को नौ महिनामा २ अर्ब २७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा बैंकले ९३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको वित्तिय विवरणमा उल्लेख छ ।

त्यस्तै यो अवधीमा १ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ४९ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिसेयर आय १२४ प्रतिशतले वृद्धि गरी ३४.७१ तथा स्वपूँजीमा प्रतिफल ९० प्रतिशतले वृद्धि गरी २१.४६ प्रतिशत पु¥याउन सफल भएको छ ।

हाल बैंकले मुलुकभर २ सय ८३ शाखाकार्यालयहरु, २ सय ८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x