Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

उद्यमशिलता विकासका लागि ‘उद्यमशाला’ कार्यक्रमको सुरुवात

उद्यमशिलता विकासका लागि  ‘उद्यमशाला’ कार्यक्रमको सुरुवात

काठमाडौं, ३० बैशाख । स्वच्छ व्यवसायी समूह नेपालले उद्यमीहरुलाई लक्षित गरी ‘उद्यमशाला’ कार्यक्रम सुरुवात गरेको छ । उक्त ‘उद्यमशाला’ कार्यक्रमले देशमा छरिएर रहेका लघु, साना तथा मझौला हस्तकता सम्बन्धी काम गर्ने उद्यमीहरुलाई आवश्यक सहयोग गर्ने छ ।

यो कार्यक्रमले हस्तकला सम्वन्धी काम गर्ने नवउद्यमीहरुलाई उद्यमको बारेमा जानकारी दिनुका साथै उनीहरुले उत्पादन गरेका सामाग्रीहरुको बजार प्रवद्धन गर्न पनि सहयोग गर्नेछ । काठमाडौंबाट उद्यमशालाको सुरु गरिएको भएपनि यसलाई देशभरि नै विस्तार गर्ने योजना रहेको छ । तर, अवश्यकता परे देशभरिका हस्तकला सम्बन्धी काम गर्ने व्यवसायीलाई तालिम र परामर्श दिने योजना रहेको स्वच्छ व्यवसायी समूहका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । यो कार्यक्रम देशभरि नै व्यापक वनाउँनका लागि गैर सहकारी संस्थाहरुसँग मिलेर काम गर्ने अध्यक्ष केसीको सोच रहेको छ । उनेले भने –‘उद्यमशिला एक गैर नाफामूलक कार्य हो । यो कार्यले हजारौ उद्यमीहरुलाई आत्मनिर्भर बनाउँन सहयोग गर्ने छ । त्यसको लागि हामी गैर सरकारी संस्थाहरुसँग मिलेर काम गर्न तयार छौं ।’

उनका अनुसार यो कार्यक्रम उद्यमीहरुको हितमा रहेको छ । यसले उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुलाई देशमा मात्र नभएर विदेशमा पनि निर्यात गर्न सहयोग गर्ने छ । अहिले स्वच्छ व्यवसायी समूहमा २९ वटा हस्तकलाका सामाग्री उत्पादन गर्ने उद्योगहरु आवद्ध छन् । ती उद्योगले उत्पादन गरेका सामाग्रीहरुको बजार प्रवद्धनमा यो कार्यक्रमले विशेष जोड दिने अध्यक्ष केसीले बताए । त्यस्तै यो कार्यक्रमले देशको आर्थिक स्थितिलाई सदृढ पार्न मद्दत्त पुग्ने उनको अनुमान छ ।

काठमाडौंबाट उद्यमशालाको सुरु गरिएको भएपनि यसलाई देशभरि नै विस्तार गर्ने योजना रहेको छ । तर, अवश्यकता परे देशभरिका हस्तकला सम्बन्धी काम गर्ने व्यवसायीलाई तालिम र परामर्श दिने योजना रहेको स्वच्छ व्यवसायी समूहका अध्यक्ष चितबहादुर केसीले जानकारी दिए । यो कार्यक्रम देशभरि नै व्यापक वनाउँनका लागि गैर सहकारी संस्थाहरुसँग मिलेर काम गर्ने अध्यक्ष केसीको सोच रहेको छ । उनेले भने –‘उद्यमशिला एक गैर नाफामूलक कार्य हो । यो कार्यले हजारौ उद्यमीहरुलाई आत्मनिर्भर बनाउँन सहयोग गर्ने छ । त्यसको लागि हामी गैर सरकारी संस्थाहरुसँग मिलेर काम गर्न तयार छौं ।’

उनका अनुसार यो कार्यक्रम उद्यमीहरुको हितमा रहेको छ । यसले उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुलाई देशमा मात्र नभएर विदेशमा पनि निर्यात गर्न सहयोग गर्ने छ । अहिले स्वच्छ व्यवसायी समूहमा २९ वटा हस्तकलाका सामाग्री उत्पादन गर्ने उद्योगहरु आवद्ध छन् । ती उद्योगले उत्पादन गरेका सामाग्रीहरुको बजार प्रवद्धनमा यो कार्यक्रमले विशेष जोड दिने अध्यक्ष केसीले बताए । त्यस्तै यो कार्यक्रमले देशको आर्थिक स्थितिलाई सदृढ पार्न मद्दत्त पुग्ने उनको अनुमान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x