राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्व ४९ करोड
काठमाडौं, ३० बैशाख । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको नौ महिनामा ३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। हाल सम्म सार्वजनीक भएको बैंकहरुको वित्तिय विवरण अनुसार यो नाफा रकम सबैभन्दा उच्च हो ।
गत वर्षको सोही अवधीमा बैंकले ३ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको थियो। बैंकको खुद व्याजवापतको आम्दानी र कमिसन तथा शुल्कवापतको आम्दानी बढ्दा नाफामा टेवा पुगेको हो। त्यस्तै यो अवधीमा बैंकले १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
९ अर्बको सरकारी सेयर पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब रुपैयाँ रहेको छ।