राष्ट्रिय वाणिज्य बैंकको पानवारी शाखाबाट कारोबार सुरु
काठमाडौं, ३१ बैशाख । राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नम्बर १, सुनसरीको पानवारी शाखाबाट कारोबार प्रारम्भ गरेको छ । बैंकले धरान उपमहानगरपालिका वडा न. ६ पानवारीबाट औपचारीक रुपमा कारोबार प्रारम्भ गरेको हो ।
यो शाखा कार्यालय प्रारम्भ भएसँगै बैंकका शाखा कार्यालयको संख्या २ सय १९ पुगेको बैंकले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । त्यस्तै हाल यस बैंकको सञ्जाल ७ प्रदेशका ७७ वटै जिल्लामा पुगेको छ ।
बैंकले १ सय ७२ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको जानकारी गराएको छ ।