Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मस्रिकद्वारा एक दिने कार्यसाला गोष्टी सम्पन्न

मस्रिकद्वारा एक दिने कार्यसाला गोष्टी सम्पन्न

काठमाडौं, ३१ बैशाख । हाल संचालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम बढ्दै गएपछि यसको उपाय खोजिन थालिएको छ । यसै क्रममा आइतबार मस्रिक बैंकले ‘जोखिम तथा ट्रेजरी व्यवस्थापन’ विषयक एक दिने कार्यशाला गोष्टीको आयोजना गरेको हो ।

उक्त गोष्टीको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले गरे । गोष्टीमा उहाँले बैंक तथा वित्तीय संस्थामा हुने जोखिम कम गर्नका लागि केन्द्रीय बैंक चनाखो रहेको पनि बताए ।

यसैगरी कार्यक्रममा मस्रिक बैंकका नेपाल प्रमुख हेमा कुमारी अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुमा यस्तो तालिमहरु विगत देखिनै गर्दै आएको बताइन् ।

उक्त गोष्टीमा झण्डै २५ भन्दा बढी वाणिज्य बैंकहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मस्रिक बैंकको तर्फबाट तीन वटा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x