निर्धन उत्थान बैंकको १९औं वार्षिक साधारण सभा
काठमाडौं, ६ । निर्धन उत्थान बैंक लिमिटेडले शेयरधनीहरुलाई पौष २९ गते १९ औं वार्षिक साधारण सभाको लागि बोलाएको छ । उक्त वार्षिक साधारण सभामा बैंकले शेयरधनीहरुलाई ६६.६७ प्रतिशत बोनस शेयर र १४.०४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लाने भएको छ ।
बैंकले १९औं वार्षिक साधारण सभाको लागि पौष १४ देखी २९ गतेसम्मका लागि शेयरदर्ता पुस्तिका बन्द गर्ने भएको छ । पौष १३ गतेसम्ममा बैंकको शेयर किन्ने शेयरलगानीकर्ताहरुले प्रस्तावित ६६.६७ प्रतिशत बोनस शेयर सुरक्षित गर्नेछन् ।
बैंकले प्रस्ताव गरेको बोनस शेयर पछि चुक्ता पुँजी ६० करोड रुपैयाँबाट बढेर १ अर्ब रुपैयाँ पुग्ने छ ।