निर्माण सुरु भएको आठ वर्षपछि त्रिशूली थ्री एको विद्युत उत्पादन शुरु
काठमाडौं,३ जेठ । वहुचर्चित र वहुप्रतिक्षित माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । नुवाकोटको किस्पाङ र रसुवाको दक्षिणी भेगमा निर्मित आयोजनाको निर्माण सुरु भएको आठ वर्षपछि विद्युत उत्पादन सुरु भएको हो । आयोजनाको विद्युत गृहवाट कुल जडित क्षमताको आधा अर्थात ३० मेगावाट विद्युत उत्पादन सुरु गरिएको छ ।
आयोजनाको सवै संरचना तथा उपकरणहरुको सफल परीक्षणपछि विद्युत उत्पादन गरि राष्ट्रिय प्रशारण लाइनमा प्रवाह गरिएको छ । यसअघि चरण चरणमा गरिएका सम्पूर्ण उपकरण परीक्षणपछि विद्युत् उत्पादन सुरु गरिएको प्रमुख जोशीले वताए ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको उत्तरी भेगमा रहेको त्रिशूली नदीको पश्चिमी किनारामा किस्पाङ गाउंपालिका वडा नं. ५ सिम्लेस्थित स्विचयार्डको नियन्त्रण कक्षमा रहेको स्विच थिचेर आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको शुभारम्भ गरे । आगामी असारदेखि सम्पुर्ण युनिट पुरै उत्पादन गरिसकिने जनाइएको छ ।